तउवासङ्घको प्रथम र द्वितीय उपाध्यक्षमा पनि सहमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तउवासङ्घको प्रथम र द्वितीय उपाध्यक्षमा पनि सहमति

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०८०, बुधबार

    दमाैली । तनहुँ उद्योग वाणिज्य सङ्घको प्रथम र द्वितीय उपाध्यक्ष पदमा पनि सहमति जुटेको छ । सङ्घको नयाँ नेतृत्वका लागि गत अन्य पदमा यसअघि नै सहमति भएपनि प्रथम र द्वितीय उपाध्यक्ष पदमा सहमति जुटेको थिएन ।

    उम्मेदवारी फिर्ता लिने अन्तिम दिन बुधबार ती दुवै पदमा पनि सर्वसम्मत भएको छ । सङ्घको प्रथम उपाध्यक्षमा कुमार मल्ल र द्वितीय उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

    उम्मेदवारी फिर्ता लिने अन्तिम दिन बुधबार ती दुवै पदमा पनि सर्वसम्मत भएको छ । सङ्घको प्रथम उपाध्यक्षमा कुमार मल्ल र द्वितीय उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । मल्ल यसअघि द्वितीय उपाध्यक्ष र श्रेष्ठ कोषाध्यक्ष थिए ।

    प्रथम उपाध्यक्षमा सुरेश पुरी र राजकुमार श्रेष्ठ (राकु)ले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै द्वितीय उपाध्यक्षमा शिवओम मल्ल र शकुन्तला आलेले उम्मेदवारी फिर्ता लिएकाे निर्वाचन प्रबन्ध समितिका संयाेजक डम्बरदेव हड्खलेले जानकारी दिए ।

    सङ्घको नेतृत्व सर्वसम्मत गराउनका लागि पूर्व अध्यक्षहरुले पहल गरेका थिए । यसअघि सङ्घको अध्यक्षमा वैकुण्ठनाथ मिश्र, वरिष्ठ उपाध्यक्षमा इमकुमार मल्ल र कोषाध्यक्षमा भिमलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भइसकेका छन् ।