दमाैली । तनहुँको व्यास नगरपालिकाले सहिद दिवसमा अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले साेमबार सूचना जारी सहिद दिवसको अवसरमा नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले सहिद दिवसको दिन पारेर प्रत्येक वर्ष व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गरिरहेको छ । प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले उक्त अवसरमा नगरपालिकाका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था बन्द रहने जानकारी दिए।
व्यास नगरपालिका-५ मानुङकोटदेखि व्यास नगरपालिका-८ पुलिमराङसम्म ४४ किमि दूरीको अल्ट्रा म्याराथनको तयारी पूरा भएको उनले बताए ।