काठमाडौ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण गरेसँगै उनले चौथो वरीयता पाएका छन्।
राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सूचीअनुसार रघुवीर महासेठलाई पहिलो वरीयताको उपप्रधानमन्त्री बनाइएको छ। त्यसपछि दोस्रो वरीयतामा नारायणकाजी श्रेष्ठ र तेस्रोमा रवि लामिछाने छन्। आइतबार शपथ लिएका यादवलाई भने चौथो वरीयतामा राखिएको छ।
यद्दपि यादव पटक-पटक लामिछाने र महासेठभन्दा पहिले नै उपप्रधानमन्त्री भइसकेका व्यक्ति हुन्।