पाेखरा/गण्डकी प्रदेशमा आइतबार तीन जना काेराेना सङ्क्रमित थपिएका छन् । थपिनेमा कास्की जिल्लाका एक र नवलपुर जिल्लाका दुई जना रहेकाे गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
निर्देशक डा. विनाेदविन्दु शर्माका अनुसार पाेखरा महानगरपालिकाका २४, नवलपुरकाे गैडाकाेट नगरपालिकाका २४ वर्षीय पुरुष र ४० वर्षाया महिलामा काेराेना पुष्टि भएकाे हाे । सङ्क्रमितलाई आइसाेलेशन कक्षमा लैजाने तयारी गरिएकाे छ । याेसँगै प्रदेशमा काेरोना सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय ७५ पुगेको छ ।
यसैगरी आइतबार ४९ जना कोभिड – १९ सङ्क्रमित व्यक्ति निको भइ घर फर्कनुभएको छ । यो संगै गण्डकी प्रदेशमा कोभिड १९ सङ्क्रमितकाे निकाे हुने सङ्ख्या १ हजार १ सय ९४ पुगेकाे छ ।