नेकपा स्थायी कमिटीको बैठक स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    नेकपा स्थायी कमिटीको बैठक स्थगित

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०७७, मंगलवार

    काठमाडाै । मङ्गलबार बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी स्थायी कमिटीको बैठक बिहान ११ बजे बस्ने तय भएको थियो । पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयाे ।

    यसअघि साउन ६ गते बसेको स्थायी कमिटी बैठक बाढी पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा जुट्ने प्रस्ताव पास गर्दै स्थगित गरिएको थियो ।