वामदेवको छ बुँदे सुझाव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    वामदेवको छ बुँदे सुझाव

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०७७, मंगलवार

    काठमाडाै । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउनका लागि भन्दै दुई अध्यक्षलाई छ बुँदे सुझाव दिनुभएकाे छ । गौतमले केपी शर्मा ओली नै पाँच वर्ष प्रधानमन्त्री र आउने महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष र सहमतिमा महाधिवेशन गर्ने सुझाव दिनुभएकाे हाे ।

    मङ्गलबारका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएका बेला गौतमले उक्त सुझाव राख्नुभएकाे छ । गौतमले प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने पनि उल्लेख गर्नुभएकाे छ । पार्टी एकता सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपर्दा पार्टी सचिवालयमा परामर्श गर्नुपर्ने गौतमको सुझाव छ।

    उहाँले मन्त्रिपरिषद पुनर्गठनका प्रस्ताव पनि राख्नुभएकाे छ । ‘पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने,’ गौतमले भन्नुभएकाे छ, ‘संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु पूर्व सचिवालयमा परामर्श लिने।’ साथै उहाँले प्रधानमन्त्री निवासमा पार्टीका बैठक नगर्न पनि सुझाव दिनुभएकाे छ ।