काठमाडौ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले अघिल्लो दिन राति आफूलाई प्रधानमन्त्री प्रस्ताव गरेको तर नमान्दा भोलिपल्ट संसद् अवरुद्ध गरेको दाबी गरेका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै रविले कांग्रेसको प्रस्ताव अस्वीकार गर्दा आफूमाथि सहकारीको आरोप लगाइएको बताएका हुन् ।
गृहमन्त्री हुँदा विरोध गर्ने तर प्रधानमन्त्रीको अफर ठीक हुने ?’, रविले भने, ‘हिजो डेढ वर्ष प्रधानमन्त्रीको अफर गरेको विषय एक्स्पायर भयो कि छैन ?’