काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ ।
आज भएको दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै फाइनलमा कोलकातासँगको भेट पक्का गरेको हो ।
हैदरावादले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो ।
हैदरावाद पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग आठ विकेटले पराजित भएका थियो । यता राजस्थानले भने इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)लाई ४ विकेटले हराएको थियो। आईपिएलको फाइनल आइतबार हुँदैछ।