होटल बाराही काठमाडौंको रुफटपमा ‘इन्फिनिटी लाउञ्ज एण्ड बार’ सञ्चालनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    होटल बाराही काठमाडौंको रुफटपमा ‘इन्फिनिटी लाउञ्ज एण्ड बार’ सञ्चालनमा

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०८१, शनिबार


    काठमाडौं । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा रहेको होटल बाराही काठमाडौंले नवौं तलामा ‘इन्फिनिटी लाउञ्ज एण्ड बार’ सञ्चालनमा ल्याएको छ ।  ‘लाउञ्ज एण्ड बार’मा ग्राहकले रोजाइअनुसार इन्डोर र आउटडोर गरेर १०० जनासम्मले एकैपटकमा सेवा लिन सक्छन् । 

    बार तर्फको लाउञ्ज सर्वसाधारणका लागि हरेक दिन दिउँसो २ बजेदेखि राति ११ बजेसम्म खुला रहनेछ भने प्राइभेट लाउञ्जतर्फ बुकिङ अनुसार सेवा लिन सकिनेछ । 

    काठमाडौंको प्रिमियम लोकेसन, त्यसैमाथि आफ्नै अगाडि नारायणहिटीको दृश्य देख्न पाइने भएकाले हाल बाराही काठमाडौं आकर्षणको केन्द्र बनेको छ । 

    चार तारे स्ट्याण्डर्डको यस होटलको सातौं तलामा इन्फिनिटी स्विमिङ पुल र रेष्टुरेन्ट रहेको छ । साथै होटल वातावरणमैत्री भएकाले प्लास्टिकलाई सकेसम्म कम प्रयोग गर्ने गरेको छ ।

    केशरमहलको अगाडि चोकैमा रहेको यस होटलको नवौं तलामा रहेको रुफटपबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । 

    वीर शमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभुति हुन्छ । 

    त्यस्तै घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम श्रृंखला देख्न सकिन्छ ।