स्तन क्यान्सर पीडित श्रेष्ठको उपचारका लागि वडा सदस्य श्रेष्ठको पहलमा पाँच लाख सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    स्तन क्यान्सर पीडित श्रेष्ठको उपचारका लागि वडा सदस्य श्रेष्ठको पहलमा पाँच लाख सङ्कलन

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०८१, सोमबार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ निवासी स्तन क्यान्सर पीडित अनु श्रेष्ठको उपचारका लागि वडा सदस्य मनोजकुमार श्रेष्ठको पहलमा करिब रु पाँच लाख सङ्कलन भएको छ । विगत केही समययता क्यान्सरबाट पीडित श्रेष्ठको उपचारका लागि श्रेष्ठको पहलमा रु चार लाख ८९ हजार पाँच सय ९२ सङ्कलन भएको हो ।

    उक्त रकम आज पीडितका श्रीमान् गणेशकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । पीडितको बारेमा जानकारी पाएपछि सामाजिक सञ्जालमार्फत् सहयोगको अपिल गरेकामा देश तथा विदेशबाट उक्त रकम सङ्कलन भएको वडा सदस्य श्रेष्ठले जानकारी दिए । उनले भने, “उहाँको उपचारमा सहयोग पुगोस् भनेर अपिल गरेको थिएँ, धेरै जनाले सहयोग गर्नुभएको छ । आज पीडितका श्रीमान्लाई उक्त रकम हस्तान्तरण गरिएको छ ।”

    श्रेष्ठको हाल चितवन क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।