अवरुद्ध पृथ्वीराजमार्ग पाँच घण्टापछि सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अवरुद्ध पृथ्वीराजमार्ग पाँच घण्टापछि सुचारु

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०८१, सोमबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा अवरुद्ध सडकखण्ड पाँच घण्टापछि सुचारु भएको छ । आज दिउँसो सोही ठाउँमा ट्याङ्करको ठक्करबाट २९ वर्षीय प्रविण कैनीको मृत्यु भएपछि पीडित पक्षले दिउँसो चार बजेपछि सडक अवरुद्ध गरेका थिए ।

    पीडित र स्थानीय प्रशासनको बैठकमा चार बुँदे सहमति भएपश्चात् अवरुद्ध सडक राति ९ः२५ बजेबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अपिलराज बोहोराले जानकारी दिए ।

    दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको ग १९ प ८३०३ नम्बरको मोटरसाइकललाई ब्याक गरेर ठक्कर दिएको थियो । दुर्घटनामा कैनीको घटनास्थलमै मृत्यु भएको थियो ।

    सहमति अनुसार भोलि चिनियाँ प्रोजेक्ट म्यानेजरसँग थप वार्तामा बस्ने, ट्याङ्कर चालकलाई हदैसम्मको कारबाही गर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्ने सहमति भएको छ ।