सांसद वाग्लेले संसदमा उठाए प्रविण कैनीको दुर्घटना र हावाहुरीको क्षति विवरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सांसद वाग्लेले संसदमा उठाए प्रविण कैनीको दुर्घटना र हावाहुरीको क्षति विवरण

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०८१, बुधबार

    दमाैली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले बुधबारको संसद बैठकमा सवारी दुर्घटनामा ज्यान गुमाएका प्रविण कैनी र गत जेठ १७ गतेको हावाहुरीको क्षति विवरणबारे जानकारी गराएका छन् ।

    शुन्य समयमा बोल्दै डा. वाग्लेले दुर्घटनामा ज्यान गुमाउने र घाइते भएको अवस्थामा प्रदान गरिने राहत र क्षतिपूर्ति रकमले समस्या निम्त्याएको उल्लेख गरेका छन् ।

    उनले भने, “पृथ्वीराजमार्गको अम्रेनीमा पानी हाल्ने ट्याङ्करले ठक्कर दिँदा व्यास नगरपालिकामा कार्यरत इन्जिनियर प्रविण कैनीको दुःखद निधन भयो । दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति माग गर्दै गर्दा सडक दुर्घटनामा मृत अवस्थामा दिइने क्षतिपूर्ति र घाइते अवस्थामा बेहोर्नुपर्ने खर्चबीचको बेमेलले निम्त्याइरहेको समस्याप्रति सबैको ध्यान जान जरुरी छ ।”

    त्यस्तै वाग्लेले गत जेठ १७ गते साँझ तनहुँमा आएको हावाहुरीले व्यापक नोक्सानी भएको सदनमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । उनले हावाहुरीले सयौ घरहरु भत्किएका, पोल्टी फार्म, नालाको खड्देवी मन्दिर लगायत धार्मिक सम्पदा क्षति भएको उल्लेख गरेका छन् ।