एमाले म्याग्देमा पदाधिकारी सर्वसम्मत, अध्यक्षमा दुईको उम्मेदवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    एमाले म्याग्देमा पदाधिकारी सर्वसम्मत, अध्यक्षमा दुईको उम्मेदवारी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । नेकपा एमाल म्याग्दे गाउँकमिटीको अध्यक्षमा बाहेक अन्य पदमा सर्वसम्मत भएको छ । गाउँ कमिटीको अधिवेशनमा अध्यक्ष पदबाहेक अन्य सबै पदमा सर्वसम्मत भएको हो ।

    अध्यक्षमा द्वारिकानाथ घिमिरे र ज्योतीकुमार श्रेष्ठको उम्मेदवारी परेको छ । आइतबारसम्म सहमति नभए सोमबार निर्वाचन गर्ने निर्णय भएको छ ।

    गाउँ कमिटीको उपाध्यक्षमा हरिकृष्ण श्रेष्ठ, सचिवमा सन्दिप रानाभाट, खुल्ला उपसचिवमा सन्तोष राना र महिला उप-सचिवमा सरस्वती घिमिरे निर्वाचित भएका छन् । अधिवेशनले ५१ सदस्यीय गाउँ कमिटी सर्वसम्मतिले निर्वाचित गरेको छ ।