एमाले म्याग्देको अध्यक्षमा घिमिरे सर्वसम्मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    एमाले म्याग्देको अध्यक्षमा घिमिरे सर्वसम्मत

    खबरपुञ्ज संवाददाता

    २ असार २०८१, आईतवार

    दमौली । नेकपा एमाले म्याग्देको अध्यक्षमा द्वारिकानाथ घिमिरे सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका ज्योतीकुमार श्रेष्ठले आइतबार उम्मेदवारी फिर्ता लिएपछि घिमिरे सर्वसम्मत भएका हुन् ।

    गाउँ कमिटीको उपाध्यक्षमा हरिकृष्ण श्रेष्ठ, सचिवमा सन्दिप रानाभाट, खुल्ला उपसचिवमा सन्तोष राना र महिला उप–सचिवमा सरस्वती घिमिरे निर्वाचित भएका छन् । अधिवेशनले ५१ सदस्यीय गाउँ कमिटी सर्वसम्मतिले निर्वाचित गरेको छ ।