काठमाडाै । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा उपसचिवसहित ५ जना पक्राउ परेका छन् ।
उपसचिव केशव अर्याल, शाखा अधिकृत पदमराज आचार्य, कम्प्युटर अपरेटर दिलिपकुमार शाह, राजेश लम्साल र सुवास पौडेल पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एसपी होबिन्द्र बोगटीले आइतवार जानकारी दिए ।
सरकारी कागजात कीर्ते गरेको अभियोग लागेर पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर थुनामा राखिएको छ ।