तनहुँकाे आँबुखैरेनीमा यात्रुवाहक बस दुर्घटनामा छ जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तनहुँकाे आँबुखैरेनीमा यात्रुवाहक बस दुर्घटनामा छ जना घाइते

    खबरपुञ्ज संवाददाता

    ८ असार २०८१, शनिबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा शनिबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

    काठमाडौबाट पोखरातर्फ आउँदै गरेको ना ५ ख ४३७४ नम्रको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँतर्फ नालीमा दुर्घटना हुँदा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घाइते हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका–१३ बस्ने ३० वर्षीया सुनिता गुरुङ, पाँच वर्षीय रेशम सुनुवार, पोखरा महानगरपालिका–३२ बस्ने २५ वर्षीया सङ्गिता तिवारी, २८ वर्षीय सन्दीप तिवारी, धादिङको ज्वालामुखी गाउँपालिका–७ बस्ने ३८ वर्षीय टेकनाथ कंडेल र १० वर्षीया सुरक्षा कंडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपककुमार रायले जानकारी दिए ।

    घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।