राखेप सदस्यमा ६ जना मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    राखेप सदस्यमा ६ जना मनोनित

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७७, बिहीबार

    काठमाडौ । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यमा  ६ जना मनोनीत भएका छन् ।  युवा तथा खेलकुद मन्त्रि जगत बहादुर सुनार विश्वकर्माले बिहीबार खेलकुदको विभिन्न क्षेत्रबाट ६ जनालाई राखेप सदस्यमा मनोनित गर्नुभएको हो ।

    नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि राखेपमा पनि सदस्यहरु नियुक्त गर्ने प्रकिया सुरु भएको हो । मन्त्री विश्वकर्माले २०७७ को दफा ३ उपदफा २ (थ) अनुसार खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टी डोपिङ विज्ञमध्यबाट रिम राना भाट र इन्दिरा निरौलालाई सदस्यमा मनोनित गरिएको छ ।

    यस्तै, दफा ३ उपदफा २ (ढ) अनुसार सम्बन्धित राष्ट्रिय खेल संघको सिफारिसमा अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई मनोनित गरेको छ। सोही उपदफाको (त) बमोजिम परम्परागत साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुनेगरी गोविन्दप्रसाद भट्टराईलाई मन्त्री विश्वकर्माले मनोनयन गर्नुभएको हो ।