काठमाडौं । स्पेनका १७ वर्षीय फरवार्ड लामिन यमल युरो–२०२४ को युवा खेलाडी बनेका छन् ।
सोमबार जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै स्पेनले चौथोपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेका हुन् ।
स्पेनलाई जित दिलाउन यमलले फाइनलमा एक असिस्टसमेत गरे । प्रतियोगिताभर सात खेलमा एक गोल गरेका उनले चार असिस्ट गरेका थिए ।
यस्तै, स्पेनकै रोड्रिगो प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए । सोमबारको जितसँगै स्पेन चारपटक युरो जित्ने पहिलो टिमसमेत बनेको छ ।
स्पेनले यसअघि १९६४, २००८ र २०१२ युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।