पोखरा । पोखरा महानगरपालिका-२३ घाँटी छिनास्थित हर्पनखोलामा शुक्रबार पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पाेखरा महानगरपालिका-१ माेहरिया टाेलका १८ वर्षीय प्रकृत बुद्वचार्य र पाेखरा महानगरपालिका-२ बागलुङ बसपार्क बस्ने १८ वर्षीय स्वयम् ताम्राकारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
उनीहरुको शव सशस्त्र प्रहरी बल कालिका गणबाट गएको टोलीले उद्धार गरी निकालेको गणपति (एसपी) अरूण शर्मा पौडेलले जानकारी दिए ।