काठमाडौ । भनिन्छ- युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ । प्रेममा परेपछि मान्छेले के-के गर्दैन ? भारतको बिहारस्थित लखीसरायबाट एउटा अनौठो घटना बाहिर आएको छ ।
जहाँ बुवाको सट्टा श्रीमानले नै श्रीमतीकै बिहे गराई दिएका छन् । श्रीमानले आफ्नै श्रीमतीलाई उनका पूर्वप्रेमीसँग बिहे गराइदिएका हुन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार २२ वर्षीया खुश्बुको तीन वर्षअघि २६ वर्षीय राजेशसँग विवाह भएको थिएको थियो । खुश्बु विवाहअघि नै चन्दन नामका युवकसँग प्रेममा थिइन् तर यो सम्बन्ध परिवारका सदस्यलाई मान्य नभएपछि उनले राजेशसँग विवाह गरिन् । विवाहपछि पनि खुश्बुको मनमा चन्दन रहिरह्यो । ती महिलाका श्रीमानलाई यी सबै कुराहरू थाहा थिएन ।
युवती सानैदेखि प्रेममा थिइन् । बिहेपछि पनि उनले पूर्वप्रेमीसँग बोल्ने र भेट्ने गरेको थाहा पाएपछि श्रीमानले नै बिहे गराई दिएका हुन् । ती महिलाले दुई वर्षको छोरी छाडेर पुरानो प्रेमीसँग बिहे गरेकी छन् ।
दुवै जना बाल्यकालदेखि नै एकअर्कालाई मन पराउँथे तर, परिवारका सदस्यले अर्कै ठाउँमा बिहे गरिदिएको महिलाले बताइन् ।
विवाहपछि पनि उनीहरूको अफेयर चलिरहेको थियो । ती युवतीले ३ वर्षअघि बिहे गर्दा बिहेको राति पनि प्रेमीसँग मोबाइलमा लामो कुरा गरेको बताइन् ।
विवाहअघि र पछि दुवैको अफेयर थियो, तर जबसम्म पतिलाई थाहा भयो, तबसम्म खुश्बुले बच्चालाई जन्म दिइसकेकी थिइन् ।
एक दिन अबेर राति चन्दन खुश्बुको घरमा भेट्न पुगेपछि श्रीमान राजेश र उनका परिवारका सदस्यले दुवैलाई समातेका थिए । त्यसपछि मात्र राजेशले आफ्नी श्रीमती खुश्बुको चन्दनसँग विवाह गराइदिएका हुन् ।
प्रेमीसँग विवाह गर्नुअघि खुश्बुले दुई वर्षको बच्चा आफूसँग नभई बाबुसँग बस्ने र श्रीमानको सम्पत्तिमा आफ्नो कुनै हक नहुने कुरामा सहमति जनाएकी थिइन् । त्यसपछि श्रीमानले आफ्नी श्रीमतीको हात आफ्नो प्रेमीलाई सुम्पिदिए र दुवैले विवाह गरे ।