तनहुँ । कोरोना पुष्टि भएका प्रहरीको सम्पर्कमा आएका तनहुँको व्यास नगरपालिका-१० का ४५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । व्यास नगरपालिका-१० घर भई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीलाई कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा जनप्रतिनिधि, कर्मचारी र वैरेनी टोलका गरी ४५ जनाको कोरोना परीक्षण गरिएको थियो ।
वडा सचिव, ४ कर्मचारी र वैरेनी टोलका सबैको रिपोर्ट नेगेटिभ प्राप्त भएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । वडाध्यक्ष सापकोटाको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
घर आएको बेला विभिन्न व्यक्तिसँग भेटघाट गरेका ती प्रहरीलाई स्याङ्जामा स्वाब सङ्कल गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।