काभा महिला भलिबलः च्याम्पियन नेपाल पुलिस क्लबलाई विमानस्थलमा भव्य स्वागत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    काभा महिला भलिबलः च्याम्पियन नेपाल पुलिस क्लबलाई विमानस्थलमा भव्य स्वागत

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडाै । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेर स्वदेश फर्किएको पुलिस क्लबलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

    माल्दिभ्सको मालेमा भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको थियो।