दमाैलीमा भाेलि यी ठाउँमा अवरुद्ध हुनेछ विद्युत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमाैलीमा भाेलि यी ठाउँमा अवरुद्ध हुनेछ विद्युत

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८१, आईतवार

    दमाैली । दमाैली बजारका विभिन्न ठाउँमा भाेलि साेमबार विद्युत सेवा अवरुद्ध हुने भएकाे छ । मुग्लिङ – पोखरा सडक विस्तार आयोजना अन्तर्गत दमौली बजारमा पुरानो रोडक्रसिङका पाेल, तार हटाउने र मिलाउने कार्यका लागि विभिन्न ठाउँमा बिहान ८ बजेदेखि ५ बजेसम्म आवश्यकता अनुसार विद्युत अवरुद्ध हुन लागेकाे नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएकाे छ ।

    केन्द्रका अनुसार व्यास नगरपालिका-१, २, ३ र ४ मा आवश्यकता अनुसार विद्युत अवरुद्ध हुनेछ । केन्द्रका अनुसार व्यास ४ – पुरानो ट्राफीक कार्यालय अगाडीको ट्रान्सफर्मर, व्यास ३ – तर्कारी लाइनको ट्रान्सफर्मर. व्यास ३- बर्गर हाउस छेउको ट्रान्सफर्मर, व्यास ४ – भोर्लेटार चोकको ट्रान्सफर्मरबाट प्रवाह हुने विद्युत लाइन अवरुद्ध हुने जनाइएकाे छ ।