गुल्सनको अलराउन्ड प्रदर्शनमा नेपालले ओमानलाई हरायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    गुल्सनको अलराउन्ड प्रदर्शनमा नेपालले ओमानलाई हरायो

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०८१, सोमबार

    काठमाडौ । नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ। 

    नेपालले क्यानडाको ओन्टेरियामा आइतबार अबेर राति सकिएको खेलमा ओमानमाथि ३७ रनको जित निकालेको हो। 

    नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अलआउट भयो।

    उसका लागि सोएब खनाले ४५ रन र रफिउल्लाहले ३३ रन बनाए। ओपनरद्वय कश्यप प्रजापति शून्य र अकिब इल्यास २ रनमा आउट भएपछि नेपालले उत्कृष्ट सुरावत गर्यो। प्रजापतिलाई पहिलो ओभरमा करण केसी र इल्यासलाई रिजन ढकालले दोस्रो ओभरमा आउट गरेका थिए। 

    बलिङमा नेपालका करण केसीले ३ विकेट लिए भने कुशल भुर्तेल र गुल्सन झाले २-२ विकेट हात पारे। रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी  र सन्दीप लामिछानेले एक एक विकेट लिन सफल भए। दीपेन्द्रले २ ओभरमा १ मेडन राख्दा २ रन मात्र खर्चिएका थिए।

    त्यसअघि टस जितेको ओमानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७६ रन जोड्यो। 

    अब नेपालले सिरिजमा तेस्रो खेल क्यानडासँग मंगलबार राति प्रतिस्पर्धा गर्नेछ। यसअघि पहिलो खेलमा नेपाललाई क्यानडाले १४ रनले हराएको थियो।