महानवमी : विधिपूर्वक गरियो सिद्धिदात्री देवीको पूजा आराधना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    महानवमी : विधिपूर्वक गरियो सिद्धिदात्री देवीको पूजा आराधना

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०८१, शुक्रबार

    काठमाडाै । आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

    नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो ।

    दोस्रो दिन असोज १८ गते शुक्रबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन असोज १९ गते शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरियो ।

    चौथो दिन असोज २० गते आइतबार र पाँचौँ दिन असोज २१ गते सोमबार पनि कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । चौथी तिथि वृद्धि भएकाले दुई दिन कुष्माण्डा देवीको पूजाआराधना गरिएको हो । छैटौँ दिन असोज २२ गते मङ्गलबार स्कन्दमाताको पूजाआराधना गरियो ।

    सातौँ दिन आश्विन शुक्ल षष्ठीका दिन असोज २३ गते बुधबार कात्यायनी देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । असोज २४ गते बिहीबार आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको विधिपूर्वक पूजाआराधना गरियो ।