पाेखरा एभेन्जर्सकाे मुख्य प्रशिक्षकमा राजीव कुमार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पाेखरा एभेन्जर्सकाे मुख्य प्रशिक्षकमा राजीव कुमार

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०८१, शनिबार

    काठमाडाै । पोखरा एभेन्जर्सले भारतीय पूर्व क्रिकेटर राजीव कुमारलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको छ।

    नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टोली पोखरा एभेन्जर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को क्लब चेन्नेई सुपर किंग्सका ब्याटिङ तथा फिल्डिङ प्रशिक्षक राजीवलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो। 

    राजीवले भारतको ए टिमबाट सन् १९९८ को अष्ट्रेलियाविरुद्ध र सन् १९९९ मा नेदरल्याण्डविरुद्ध खेलेका थिए। सन् १९९७÷९८ को रणजी ट्रफीमा राजीवले सर्वाधिक ८०९ रन प्रहार गरेका थिए।

    राजीवले प्रशिक्षकको रुपमा झारखण्डको टिम, भारत ए, भारत ब्लू, हिमाञ्चल प्रदेश र चेन्नेई सुपर किंग्स लगायतका टिमबाट काम गरिसकेका छन्।

    भारतको ‘फस्ट क्लास’ क्रिकेटमा क्रिकेटर महेन्द्र सिंह धोनीका कप्तान समेत रहि सकेका राजीवले धोनीलाई प्रशिक्षकको रुपमा प्रशिक्षण दिएका छन्।