जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    २६ आश्विन २०८१, आईतवार

    काठमाडाै । देशका विभिन्न स्थानबाट जुवातास खेलेकाे अभियाेगमा २१ जना पक्राउ परेका छन् ।  महालक्ष्मी नगरपालिका-४ शिखर टोल बस्ने धुर्व रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ केरू टोल बस्ने ३३ वर्षीय कबि नगरकोटी समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३८ हजार १ सय ४० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

    त्यस्तै दंगिशरण गाउँपालिका-३ रावतगाउँ बस्ने भागीराम चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय गणेश योगी समेत ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ हजार ६ सय ५० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

    यसैगरी दाङ तुलसीपुर उपमहानगरपालिका-७ गैरापातु बस्ने शिव बहादुर बिकको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-३ बस्ने ३३ वर्षीय टेक बहादुर बिक समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।