भिमाद बजारमा अनुगमन, म्याद गुज्रिएका वस्तु नष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भिमाद बजारमा अनुगमन, म्याद गुज्रिएका वस्तु नष्ट

    खबरपुञ्ज संवाददाता

    ७ कार्तिक २०८१, बिहीबार

    दमौली । भिमाद नगरपालिका-६ स्थित बजारमा बिहीबार अनुगमन गरिएको छ। तनहुँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारी नेतृत्वमा भिमादमा रहेका पसलहरुमा अनुगमन गरिएको हो ।

    जिल्ला बजार अनुगमन समितिका संयोजक एवं पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख दुर्गाराज सुवेदीको संयोजकत्वमा भएको अनुगमनमा कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल एवम् पशु विज्ञ केन्द्र, दमौली अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि एवम् भिमाद नगर उद्योग वाणिज्यका प्रतिनिधि, भिमाद इलाका प्रहरी कार्यालयका प्रमुख सहभागी थिए ।

    टोलीले भिमाद बजारका विभिन्न किराना पसल, होटल, डिपाटमेन्टर स्टोर्स, मासु पसल, पशु तथा एग्रो फर्म, मेडिकल तथा स्वस्थ्य क्लिनिक गरी ३१ वटा पसलमा अनुगमन गरेको थियो। सो क्रममा रु १५ हजार बराबरका म्याद नाघेका एवम् अखाद्य सामग्री नष्ट गरेको छ।