तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले भरुवा बन्दुक सहित भानु नगरपालिकाबाट एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भानु नगरपालिका-३ तुर्लुङकाेट बस्ने ६७ वर्षीय राम भन्ने सन्तबहादुर तामाङ रहेका छन् ।
घरमा अवैध रुपमा काठकाे बट भएकाे एकनाले भरुवा बन्दुक र ५०० ग्राम कालाे धुलाे बारुद लुकाएर राखेकाे सूचनाकाे आधारमा तामाङलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयाे ।
निज विरुद्ध बुधबार हातहतियार खरखजाना मुद्धामा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेकाे छ ।