नेपाल स्तब्ध, बंगलादेश लगातार दोस्रो पटक साफ च्याम्पियन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपाल स्तब्ध, बंगलादेश लगातार दोस्रो पटक साफ च्याम्पियन

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०८१, बुधबार

    काठमाडाै । बंगलादेशले नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।  दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

    बंगलादेशले खेलको ८०औं मिनेटमा गोल गर्दै २-१ को अग्रता लिएको हो । यसअघि बंगलादेशले नेपालविरुद्ध १-० गोलको अग्रता लिएकोमा नेपालले केहि मिनेटमै गोल गरेर खेल बराबरी गरेको थियो ।

    खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १-० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी थिइन् ।

    योसँगै बंगलादेशले लगातर दोस्रो पटक साफको उपाधि जितेको छ ।  बंगलादेशले २०२२ को साफ फाइनलमा पनि नेपाललाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । त्यस्तै नेपालले भने यो सहित छैटौं पटक साफको फाइनलमा पराजित भएको छ ।