पोखरा । गण्डकी प्रदेशका चार जिल्लामा बिहीबार ११ कोरोना सङ्क्रमित थपिएका छन् । कास्की, पर्वत, गोरखा र नवलपुरका २ महिला र ९ पुरुषमा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार कास्कीको पोखरि महानगरपालिकाका २२ वर्षीय पुरुष, पर्वतको कुश्मा नगरपालिकाका ३० वर्षीया महिला, गोरखाको पालुङटार नगरपालिकाका ३५, २४, सिरानचोकका २५, बारपाक सुलिकोटका २२, २९ वर्षीय पुरुष, नगरपालिकाका २४ वर्षीया महिला, नवलपुरको हुप्सेकोटका २३, २५ र २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ५ सय ६६ पुगेको छ |