दमाैली । व्यास नगरपालिका स्वास्थ्य शाखाले घरघरमै पुगेर ज्येष्ठ नागरिकको विवरण सङ्कलन सुरु गरेको छ । नगरपालिकाका १४ वटै वडामा पुगेर ज्येष्ठ नागरिकको विवरण सङ्कलन सुरु गरेको हो ।
स्वास्थ्यकर्मीले घर–घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनले भने, “प्रत्येक वडाका स्वास्थ्यकर्मी वडाभित्रका ज्येष्ठ नागरिकको घरमा पुगेका छन् । स्वास्थ्य जाँच गरिनुका साथै तथ्याङ्क लिने काम गरिएको छ ।” पछि घरभेटहरुमा आवश्यकता अनुसार ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच, परामर्श तथा निःशुल्क औषधि वितरण सेवा उपलब्ध गराइने सोतीले बताए ।