दमाैली । तनहुँमामा बसोबास गर्ने मगर समुदायले माघे सङ्क्रान्ति पर्व मङ्गलबार नवौ तनहुँ महोत्सव स्थल भित्र उल्लासपूर्वक मनाएका छन् । महोत्सवको आयोजक तनहुँ उद्योग वाणज्य सङ्घ सङ्क्रान्ति मनाउनको लागि स्थल उपलब्ध गराएको थियो ।
जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे सङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन् । सास्कृतिक पाेशाकमा सजिएका मगर समुदायले महोत्सव स्थलमा प्रवेश गर्नु अघि सदरमुकाम दमौलीमा मगर समुदायको लोकप्रिय कौरा, झ्याउरे लगातको गीत तथा नृत्य प्रस्तुत दमौली बजार परिक्रममा गरेका थिए ।
सो अवसरमा नगर प्रमुख वैकुण्ठ न्यौपाने व्यास नगरपालिका–१४ को रुम्सी गाउँलाई मगर समुदायको अध्ययन स्थलको रुपमा विकास गरिरहेको बताए।
कार्यक्रममा पूर्वमन्त्री शिवलाल थापा, व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरै, व्यास नगरपालिकाको पूर्व प्रमुख ताराप्रसाद श्रेष्ठ, नेपाल महिला मगर सङ्घको केन्द्रीय सदस्य काशी राना लगायतका यस्ता सास्कृति कार्यक्रमले भावी पुस्तालाई ज्ञान लिन सहज हुने हुँदा निरन्तरता दिनु पर्नेमा जोड दिए।