रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौ अदालतको आदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौ अदालतको आदेश

    खबरपुञ्ज संवाददाता

    १ माघ २०८१, बुधबार

    काठमाडौ । स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

    थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएकाे अदालत स्राेतले जनाएकाे छ ।

    सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।

    यसअघि गत बिहीबार कास्की अदालतले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।