तनहुँ । लायन्स क्लव अफ तनहुँ दमौलीले व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठलाई रु ५० हजार सहयोग गरेको छ । क्लवले दमौली बजारमा घरदैलो अभियान गरेर सङ्कलन गरेको उक्त रकम पीडित श्रेष्ठलाई शुक्रबार हस्तान्तरण गरेको हो ।
उक्त रकम क्लवका अध्यक्ष सरोज भण्डारी, लायन्स क्लव अफ नेपाल ३२५ वि १ का पूर्व डिष्ट्रिक गर्भनर अशोककुमार श्रेष्ठ, क्लवका पूर्व अध्यक्ष राजकुमार श्रेष्ठ (राकु) लगायतले पीडित श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।
क्लवका सचिव विशाल पण्डितका अनुसार क्लवले दुई दिनको अवधिमा उक्त रकम दमौलीवासीबाट सङ्कलन गरेको थियो । छोराको करेन्ट लागेर निधन भएपछि थप पीडामा रहेको श्रेष्ठ परिवारलाई सबैले सहयोग गर्नुपर्ने पण्डितले बताउनुभयो ।