दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आठौं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने तीन दर्जन व्यक्तिहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा आँबुखैरेनी गाउँपालिकामा प्रथम पटक उन्नत नश्लको गाईपालन तथा व्यवसायिक कृषिको सुरुवात गरी विगत ३७ वर्षदेखि कृषि क्षेत्रमा योगदान पुर्याउने आँबुखैरेनी–१, बरादीका ईश्वर बावु गौली, व्यवसायिक तरकारी खेती गरी सफल महिला कृषि उद्यमी तारा अधिकारी, शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउने भम बहादुर गुरुङ्ग, आँबुखैरेनीबासीलाई विगत ४५ वर्षदेखि स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुर्याउने आँबुखैरेनी–३, का लक्ष्मी प्रसाद कोईराला, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नो रत्न बहादुर कुँवर, ग्रामीण कृषि क्षेत्रमा व्यवसायिक तरकारी खेती गर्दै बजारीकरण गरी अनुकरणीय कार्य गर्दै आएकी आँबुखैरेनी–४, की माया सुनारी, गाउँपालिका भित्रका सिमान्तकृत चेपाङ्ग समुदायको आर्थिक विकास र शैक्षिक उन्नतीका लागि नेतृत्वदायी भूमिकामा रही महत्वपूर्ण योगदान पुर्याउने आँबुखैरेनी–५, की सुकमाया चेपाङ्ग, गाउँपालिकाको ग्रामिण कृषि क्षेत्रमा जैविक तरकारी खेती गर्दै नवौं तनहुँ महोत्सवको कृषि प्रदर्शनीमा प्रथम स्थान हासिल गर्ने आँबुखैरेनी–५, की संगिता गुरुङ्ग, गाउँपालिकाको शिक्षा क्षेत्रमा लामो समयदेखि महत्वपूर्ण योगदान पुर्याउने आँबुखैरेनी–३, की सरला थापा, आँबुखैरेनी गाउँपालिकामा प्रथम पटक आधुनिक बेकरी उद्योग संचालन गरी सफल उद्यमीको रुपमा स्थापित आँबुखैरेनी–३, स्थित कृषि बेकरी, गाउँपालिकाको साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने श्रीराम भट्टराई रहेका छन् ।
त्यस्तै, सम्मानित हुनेहरुमा आँबुखैरेनी गाउँपालिकाको शिक्षा क्षेत्रमा लामो समयदेखि महत्वपूर्ण योगदान पुर्याउने आँबुखैरेनी–१, की सरिता देवी पौडेल, व्यवसायिक सुन्तला खेती गरि एक सफल युवा कृषि उद्यमीको रुपमा स्थापित आँबुखैरेनी–२, का लक्ष्मण थापा, स्वच्छ खानेपानीको पहुँच अभिबृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने आँबुखैरेनी–३, का केशर बहादुर के.सी., नेपाल सरकारको सशस्त्र प्रहरी बल अन्तर्गत स्वास्थ्य क्षेत्रमा प्रहरी नायव उपरिक्षक पदमा रही निरन्तर राष्ट्र सेवामा अहोरात्र लाग्ने आँबुखैरेनी–३, का डा. शैरभ श्रेष्ठ, साहित्य क्षेत्रमा बिशिष्ट योगदान पुर्याउने आँबुखैरेनी–३, का अनिल श्रेष्ठ, ग्रामीण भेगमा जन्म भई सामुदायिक विद्यालयमा अध्ययन गरी ईन्जिनियरिङ विषयमा विद्यावारिधि गर्दै आएका आँबुखैरेनी गाउँपालिकाका प्रथम ईन्जिनियर आँबुखैरेनी–३, का पृथ्वीमान थापा, गाउँपालिकाको दुर्गम क्षेत्रमा अवस्थित विद्यालयको आधारभूत तहको शैक्षिक गुणस्तर अभिबृद्धिमा विगत १८ वर्षदेखि हालसम्म योगदान पुर्याउने आँबुखैरेनी–६, का तुलबहादुर गुरुङ्ग, आँदीमुल मन्दिरको स्थापनामा अतुलनीय योगदान पुर्याउने आँबुखैरेनी–१, की प्याकुली परियार, लामो समयदेखि होमस्टे क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने आँबुखैरेनी–६, की बाटुली आमा, परम्परागत संस्कृतिको जर्गेना गर्न सफल महिला समुह आँबुखैरेनी–२, स्थित (पञ्चेबाजा) माई छिम्केश्वरी आमा समुह, व्यवसायिक सयपत्री खेती गरी नेपालबाट प्रथमपटक सयपत्री माला कतार निर्यात गरी अन्तराष्ट्रिय बजारमा नेपाली कृषि उपजलाई प्रवद्र्धन गर्ने आँबुखैरेनी–१, स्थित सयसत्री याञ्चोक लघुद्यमी महिला समुह लगायत छन् ।
कार्यक्रममा राष्ट्रिय सभामा नेकपा एमालेका प्रमुख सचेतक भगवती न्यौपाने, गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, वडा नम्बर १ का वडाअध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता प्रेम बहादुर तमु, आँबुखैरेनी क्याम्पसका पूर्व क्याम्पस प्रमुख ऋषि के.सी., इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक टेक प्रसाद सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।