सञ्चारमन्त्री गुरुङद्वारा शोक व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सञ्चारमन्त्री गुरुङद्वारा शोक व्यक्त

    खबरपुञ्ज संवाददाता

    ३० फाल्गुन २०८१, शनिबार

    दमौली। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्नीशोकमा रहेका भिमाद नगरपालिकाका संस्थापक नगरप्रमुख मेखबहादुर थापाको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।  

    भिमाद नगरपालिका–२ जिलाङस्थित थापा निवास पुगेर सञ्चारमन्त्रीले भोविमाया थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै थापाका शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन्।  

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिवसमेत रहेका सञ्चारमन्त्रीले भोविमाया थापाको निधनबाट पार्टीलाई अपुरणीय क्षति भएको उल्लेख गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्।

    सञ्चार तथा सूचना प्रविधिमन्त्रीका साथ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष हरिराज कँडेल, गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य विष्णुभक्त सिग्देल लगायत एमाले नेता थापा निवासमा समवेदना व्यक्त गर्न पुगेका थिए।