नवलपुर । नवलपुर जिल्लाका दुई जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा उपचाररत नवलपुरको विनय त्रिवेणी गाउँपालिका-१ का ३७ र ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि हो ।
स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले उनीहरुलाई आइसोलेशन क़क्षमा लैजाने तयारी गरिएको जानकारी दिनुभयो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १७२१ पुगेको छ |