तनहुँ । तनहुँको व्यास नगरपालिका- ४ निवासी दुवै मिर्गौला पीडित अब्दुल गफारलाई लायन्स क्लव अफ तनहुँ दमौलीले रु २० हजार सहयोग गरेको छ ।
क्लवका अध्यक्ष सरोज भण्डारी, पूर्व अध्यक्ष राजकुमार श्रेष्ठ (राकु) ले उक्त रकम आइतबार मिर्गौला पीडित गफारलाई हस्तान्तरण गर्नुभएको हो । मिर्गोला पीडितको उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले पीडितलाई सहयोग गरिएको भण्डारीले जानकारी दिनुभयो ।
क्लवलो केही दिन अगाडी मात्रै सोही वडाको दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठलाई पनि रु ५० हजार सहयोग गरेको थियो ।