एजेन्सी, २७ वैशाख । भारत र पाकिस्तान एक अर्काविरूद्धको आक्रमण रोक्न सहमत भएका छन्।
शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी दुवै देशले ‘युद्धविराम’मा सहमति जनाएको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले भिडिओ सन्देशमा भनेका छन्।
उनले दुई देशबीच जमिन, आकाश र समुद्र तीनै ठाउँबाट एक अर्कालाई आक्रमण नगर्ने भन्ने सहमति भएको बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई देश ‘युद्धविराम’का लागि सहमत भएको भन्दै बधाइ दिएका छन्।
शनिबार बिहान अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पाकिस्तानका विदेशमन्त्री र सेनाप्रमुखसँग टेलिफोन संवाद गरेका थिए।