गण्डकी प्रदेशमा थपिए १८ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा थपिए १८ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०७७, बुधबार

    पाेखरा । गण्डकी प्रदेशमा बुधबार १८ कोरोना सङ्क्रमित थपिएका छन् । तनहुँ, नवलपुर र कास्कीका १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरण अनुसार तनहुँका दुई, नवलपुरका १२ र कास्कीका चार जनामा कोरोना पुष्टि भएको छ । तनहुँको व्यास नगरपालिका वडा नं ३ का ३८, शुक्लागण्डकी नगरपालिका वडा नं ४ का २९, नवलपुरको कावासोती नगरपालिका वडा नं ३ का ३८, २२, वडा नं २ का ४९, २२, ५४, २६, हुप्सेकोट गाउँपालिका वडा नं ३ का ४२, देवचुली नगरपालिका वडा नं १ का १७, गैडाकोट नगरपालिका वडा नं १ का उमेर नखुलेका, वडा नं ७ का ३३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै गैडाकोट नगरपालिका वडा नं ७ कै २७ र वडा नं ५ मा २८ वर्षीय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    त्यस्तै कास्कीको पोखरा महानगरपालिका वडा नं २४ का १८, वडा नं १२ का ३७, ४० र वडा नं ४ का ४७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय ८३ पुगेको छ ।