व्यास नगरद्वारा नर्सिङ शिक्षा अध्ययन छात्रवृत्ति वितरण कार्यविधि पारित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरद्वारा नर्सिङ शिक्षा अध्ययन छात्रवृत्ति वितरण कार्यविधि पारित

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०८२, आईतवार

    दमौली, ८ भदौ। व्यास नगरपालिकाले नगर नर्सिङ्ग शिक्षा (प्रसुति सेवा) अध्ययन छात्रवृत्रि वितरण सम्वन्धी कार्यविधि २०८२ पारित गरेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो।

    बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि वातावरणीय अध्ययन प्रतिवेदनको सिफारिस र प्राविधिक प्रतिवेदनका आधारमा वडा नम्बर १३ र १४ मा पर्ने सेती नदीतर्फ र वडा नम्बर ५,६,७,१० अन्तर्गत को मादी नदीतर्फको ढुंगा, गिटी, बालुवाको प्रदेश कानुन र व्यासनगर आर्थिक ऐन – २०८२ ले तोकेको दर रेटमा टेन्डर प्रकृया अगाडि बढाउन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

    आर्थिक वर्ष २०८२/८३ को आन्तरिक आय अनुमानित कुल रु २०,००,००,०००। (विस करोड) रहेकोमा श्रावण महिनामा जम्मा रु १,०८,५७,६७२।४६ (एक करोड आठ लाख सन्ताउन्न हजार छ सय बहत्तर र छयालीस पैसा) आम्दानी भएको बैठकमा जानकारी प्राप्त भएको जनाइएको छ ।

    बैठकले व्यास नगरपालिकाका शहरी, अर्ध शहरी र ग्रामीण वडाहरूमा भएका सडकहरूमा नाला सफाई, सडक सफाई, जेव्रा क्रसिङ लगायतका कार्यहरू सम्बन्धित टोल विकास संस्थाहरूसँग सहकार्य गरी आवश्यक रकम वडा बजेटबाट व्यवस्थापन गर्न गराउन सबै वडा कार्यालयहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।

    यस्तै मङ्गलबार हरितालिका तीज पर्व परेकाले उक्त दिन नगरपालिका अन्तर्गतका अति आवश्यक सेवा बाहेकका कार्यालयहरूलाई सार्वजनिक विदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।