


काठमाडौ, २९ भदौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले अब नयाँ राजनीतिक यात्रा सुरु गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको जनाउँदै ‘नागरिक उन्मुक्ति नेपाल’ नामक नयाँ पार्टी गठन गरेको जानकारी दिएका छन्।
‘मलाई साथ दिने साथीहरू जोडिनु होला हिजो मसँग जोडिएका साथीहरू जोडिनु होला आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षकको भूमिका निर्वाह गर्न दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद’, उनले भनेका छन् । नाउपाभित्र आफूलाई समर्थन गर्ने व्यक्तिहरूलाई पनि नयाँ यात्रामा साथ लिएर अघि बढ्ने उनले स्पष्ट पारेका छन्। उनले भनेका छन् ,‘मेरो रन्जितासँग कुनै दुस्मनी छैन। मेरो दामोदरसँग कुनै दुस्मनी छैन । तपाईँहरूलाई धेरै धेरै धन्यवाद तपाइहरूसँग मेरो कुनै दुस्मनी छैन,मेरो दुस्मनी यो देशका राष्ट्रिय फटाहहरुसँग छ।’