


दमाैली, ९ असाेज । आँबुखैरेनी गाउँपालिका-३ का वडा सदस्य मनोजकुमार श्रेष्ठले भूमिकरमा जनताको असन्तुष्टि रहेकाले यसमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । भूमिकरमा गाउँपालिकावासीले असन्तुष्टि जनाएकाले गाउँसभाले यसलाई पुनर्विचार गर्नुपर्ने उनको माग छ ।
वडावासी र पालिकावासीको खुसी हाम्रो खुसी भएकाले जनतालाई बेखुसी बनाउन नहुने श्रेष्ठले उल्लेख गरे । उनले भने, ‘यसमा गाउँसभाबाट घर जग्गाको मूल्याङ्कन बढाउने प्रस्ताव आएको नै हो र अहिले बढ्न गएको मूल्याङ्कनले सम्पुर्ण पालिकावसी नै बेखुसी पाइएको छ ।’