रास्वपाको केन्द्रीय कार्यालय ३ महिनाभित्र खाली गर्न घरबेटीको ‘अल्टिमेटम’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रास्वपाको केन्द्रीय कार्यालय ३ महिनाभित्र खाली गर्न घरबेटीको ‘अल्टिमेटम’

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०८२, शुक्रबार

    काठमाडौ, १० असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई तीन महिनाभित्र केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरबेटीले आग्रह गरेका छन् ।

    लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारणले घर छोड्न आग्रह गरेको घरधनी भरतमणि देवकोटाले बताए । 

    देवकोटाले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार रास्वपाले १० महिनादेखि घरभाडा तिरेको छैन । देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा सहमति बनेको थियो ।

    रास्वपा अनुशासन आयोगका तत्कालीन अध्यक्ष समेत रहेका देवकोटा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा विज्ञ सल्लाहकार नियुक्त भएका थिए । 

    हाल अमेरिकामा रहेका देवकोटाको स्थानमा रास्वपाले अर्का व्यक्तिलाई अनुशासन आयोगको अध्यक्ष बनाएको छ ।

    देवकोटाले रास्वपालाई ठूलै रकम सापटी दिएको तर त्यो पनि फिर्ता नभएको गुनासो छन् । यद्यपी रकम के कति हो भन्ने उनले खुलाएका छैनन् ।

     ‘पार्टीमा म संलग्न हुने एउटा पाटो हो । घर भाडा अर्को विषय हो,’ देवकोटाले भने, ‘पार्टीले त्यसलाई बुझ्ने गाम्भिर्यता देखाएन ।

    स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय त्यहाँ सानो भएको भनी देवकोटाको घर बनस्थलीमा सारिएको थियो ।