


काठमाडौं, १० मङ्सिर । जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेलले पक्राउ परेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनी पूर्वमाओवादी पार्टीमा आबद्ध थिए । सर्वोच्च अदालतमा आगो लगाउन निर्देशन दिएको आरोपमा उनी पक्राउ परेका हुन् । यसअघि प्रहरीले सर्वोच्च अदालत जलाएको आरोपमा पाँच जनालाइ पक्राउ गरेकाे थियाे ।