


धादिङ, २१ मंसिर । शनिवार सातवटा सवारी साधन एकै ठाउँमा ठोकिँदा धादिङमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
साँझ पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका(६ चालिसेमा ७ वटा सवारी साधन एकै ठाउँमा ठोकिँदा ७० जना घाइते भएका थिए। घाइतेमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
मृतकमध्ये एकजना दुर्घटनामा परेको मोटरसाइकल चालक धादिङको थाक्रे गाउँपालिका ६ मादिवेसी बस्ने ५९ शेख अली एस छन्।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये सामान्य अवस्थाका ५१ जना उपचारपछि डिस्चार्ज भएका छन्। बाँकी १७ जना घाइतेको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। ट्रमाका १७ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका धेरै घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको थियो।
काठमाडौँबाट गजुरी जाँदै गरेको बा।प्र।००१ क ००११ नम्बरको स्कुल बस, एनएल ०१ बिए ४६५४ नम्बरको भारतीय गाडी ९डिब्बा०, ना।४ ख ७१५ नम्बरको ट्रक, लु।९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे(३ ए के ३२३१ नम्बरको बस, काठमाडौँ जाँदै गरेको ग।१ ख ८५५१ नम्बरको बस र बा।१ प ९१७ नम्बरको पर्यटक बस दुर्घटनामा परेको हो ।
