


दमौली, ४ पुस । सामाजिक अभियान्ता सुदीप गफ्फार र उनको समूहको सक्रियतामा शुक्रबार मनाङको नासो गाउँपालिका-५ स्थित प्रकाश ज्योति माध्यमिक विद्यालयमा १५० जना विद्यार्थीहरूका निम्ति स्विटर र टोपी वितरण गरिएको छ।
अभियान न्यानो अन्तर्गत गफ्फारले मनाङ पुगेर विद्यार्थीलाई सहयोग गरेका हुन् । तनहुँ जिल्लाका विभिन्न ठाउँमा सहयोग गर्दै आएका गफ्फारले पहिलो पटक जिल्ला बाहिरका विद्यार्थीलाई पनि न्यानो कपडा वितरण गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक पधराज पन्थी सहयोगप्रति आभार व्यक्त गरेका छन् ।
