रास्वपामा बालेनलाई समानुपातिकमा ४० उम्मेदवार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रास्वपामा बालेनलाई समानुपातिकमा ४० उम्मेदवार

    खबरपुञ्ज संवाददाता

    १२ पुष २०८२, आईतवार

    काठमाडौ, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन्द्र शाह (बालेन)को टिमबाट ४० जना उम्मेदवार समेटिने भएका छन् ।

    आइतबार (पुस १३) बिहान रास्वपा र बालेन पक्षले गरेको सहमति यस्तो सहमति गरेको हो । 

    रास्वपा स्रोतले दिएको जानकारीअनुसार, बालेनले ४० जनाको सूची तयार रहेको बताएपछि ती सबैलाई रास्वपामा समेट्ने भनिएको हो ।
     
    “बालेनजीको टिमले ४० जनाको सूची छ भन्नुभयो । त्यसपछि रास्वपाले सबै ल्याउनुस्, भनेको छ । बाँकी ७० जना रास्वपातर्फका हुन्छन् । मिलेर जाने कुरामा मौखिक समझदारी भएको हो,” स्रोतले भन्यो ।