शुक्लागण्डकीमा टिप्पर दुर्घटनामा चालकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा टिप्पर दुर्घटनामा चालकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०८२, मंगलवार

    दमाैली, ६ माघ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ कोत्रेस्थित भित्री सडकखण्डमा आज बिहान टिप्पर दुर्घटना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ ताकुकोट बस्ने ४२ वर्षीय रामबहाुदर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    कोत्रेबाट थप्रेक जाँदै गरेको ग १ क ६४८५ नम्बरको गिटी बोकेको टिप्पर अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल बारीमा खस्दा घाइते चालकको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिहान १०ः५६ बजे मृत्यु भएको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले बताए ।

    घाइतेको टाउको, निधार र शरीरका विभिन्न भागमा चोट लागेको थियो ।